उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु

हेटौँडा/ हेटौंडा–१४ उत्तरपानीमा सेनेटरी प्याड बनाउने तथा सिलाई कटाई तालिम सुरु भएको छ । रोटरी क्लब अफ हेटौंडाको आयोजनामा हेटौंडा उपमहानगरको ग्रामीण क्षेत्रका महिला लक्षित गरी ७५ जना र हाँडीखोलामा २६ जनालाई पुनःप्रयोग गर्न सकिने गरी सेनेटरी प्याड बनाउने तालिम दिन सुरु गरेको हो । रोटरी क्लबले यसअघि हेटौंडा उपमहानगरका दुई स्थान र मनहरी गाउँपालिकाको हाँडीखोलामा पनि तालिम सुरु गरिसकेको छ ।

रोटरी क्लबका अध्यक्ष रामप्रसाद शर्माको अध्यक्षता तथा वडा न १४ का अध्यक्ष दीपक खड्काको प्रमुख आतिथ्यमा शनिबार हेटौंडा–१४, उत्तरपानीस्थित भृकुटी माविको सभाकक्षमा तालिमको उद्घाटन गरिएको छ । तालिममा हेटौंडा–९, १३, १४ र १५ का ३० जना महिलाको सहभागिता रहेको छ ।

 

मुख्य समाचार विज्ञान प्रविधि समाचार समाज स्थानीय