अन्ततः राप्रपा नेपालको अध्यक्षमा थापा

हेटौँडा/ राप्रपाबाट अलग भएका कमल थापा अन्ततः राप्रपा नेपालको नेतृत्व लिएको निर्वाचन आयोगलाई जानकारी दिइएको छ । राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन निर्वाचित भएपछि असन्तुष्ट रहँदै आएका थापालाई आयोगमा दर्ता भइसकेको राप्रपा नेपालको अध्यक्षको जिम्मेवारी दिइएको हो ।

लाक्पा शेर्पाको नेतृत्वमा रहेको राप्रपा नेपालले थापालाई अध्यक्षमा चयन गरेको जानकारी निर्वाचन आयोगलाई आजै दिएको शेर्पाले जानकारी दिए । ‘मैले अध्यक्ष पद त्याग गरेर थापालाई अध्यक्षको जिम्मेवारी दिएको जानकारी आजै आयोगलाई दिएका छौँ । आयोगले पत्र पनि दिइसकेको छ । आजबाट राप्रपा नेपालको अध्यक्ष कमल थापा हुनुभएको छ,’ शेर्पाले भने । केही दिनअघि थापाले राप्रपा परित्याग गरेको घोषणा गरेका थिए ।

राप्रपाको पार्टी एकिकरण अघि कमल थापा नै यस पार्टीका अध्यक्ष थिए । तर पशुपति शम्शेर जबरा, प्रकाशचन्द्र लोहनीहरुसँग पार्टी एकिकरण गरे पछि यस पार्टीको नाम लाक्पा शेपाले दर्ता गराएका थिए

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार