वाग्मती प्रदेशमा ९७ प्रतिशत कोरोना मुक्त

हेटौँडा/ वाग्मती प्रदेशमा ९७ प्रतिशत कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको तथ्यांकअनुसार आइतबारसम्म प्रदेशभरका करिब ९७ प्रतिशत अर्थात ५ लाख ४४ हजार ७ सय ९२ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

नेपालमा कोरोना संक्रमणको सुरुवातपछि हालसम्म ३६ लाख ९७ हजार २४ जनाको परीक्षण गर्दा १५.३४ प्रतिशत अर्थात ५ लाख ६७ हजार २ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

वाग्मतीमा हालसम्म कुल संक्रमितमध्ये ०.९३ प्रतिशत अर्थात ५ हजार २ सय ९५ जनाको मृत्यु भएको छ ।

मुख्य समाचार समाचार समाज स्वास्थ्य