आजको मौसम कस्तो रहनेछ ?

हेटौँडा/ तराईसहित केही पहाडी जिल्लामा अहिले हुस्सु लागेको छ । तर हुस्सु हटेर दिउँसो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् प्रतिभा मानन्धरले आज पनि मौसम सामान्यतया सफा नै हुने बताउनुभयो ।

पहाडी क्षेत्रका एकरदुई ठाउँको मौसम आंशिक बद्ली भए पनि सामान्यतया मौसम सफा नै रहने उहाँले बताउनुभयो । तर, भोलि र पर्सि भने पश्चिमी वायुको प्रभावका कारण पहाडी र हिमाली जिल्लाका केही ठाउँमा वर्षा र हिमपातको सम्भावना छ । विशेषगरी उच्च पहाडी र हिमाली जिल्लामा वर्षा र हिमपातको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।

समाचार समाज