काग्रेश मकवानपुरको चुनाब नजिकिदै जाँदा उमेद्वारहरु थपीदै

हेटौँडा/ नेपाली काग्रेश मकवानपुरको चुनाब नजिकिदै जाँदा उमेदवारहरु थपीदै गएका छन् । काग्रेशका उमेदवारहरु थपीएसंगै पाटीभित्रको आन्तरिक चुनाबमा निकै प्रतिस्पर्धा हुने भएको छ । काग्रेश मकवानपुरको सभापतिमा पाँच जनाले दावि गरेका छन् । सभापति पदमा एकपछी अर्को उमेदवार थपीनेक्रम निकै बढेको हो । सभापतिमा पाँच जनाले उमेदवारी दिने भनेर घोषणा गरिसकेका छन् ।

कांग्रेस मकवानपुरको अधिवेशन आगामी फागुन १३ गतेको लागि तय भएसँगै यहाँको राजनीति गर्माएको छ । सभापति पदमा पाँच जना आकाँक्षी देखिएपछि पार्टीको नेतृत्व कसले गर्ला भन्ने विषयलाई निकै चासोका साथ हेरिएको छ । हालसम्म पार्टीका कार्यबाहक सभापति विष्णु प्रसाद लामिछाने, सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, नेविसंघका केन्द्रीय नेता प्रभात कुमार दाहाल र सल्लाहकार जयराम लामिछानेले सभापति पदमा औपचारिक रुपमै उम्मेदवारी घोषणा गरिसकेका छन् ।

उनीहरुले प्रचारप्रसार कार्यालय स्थापना गरी चुनावी अभियानलाई अघि बढाइरहेका छन् । सभापति पदमा त्रिपक्षीय भिडन्तको संभावना देखिएको बेला कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ । कार्यबाहक सभापति लामिछानेले पनि सभापतिमा दावी गरेसँगै पार्टीको राजनीतिले नयाँ मोड लिएको हो ।

कार्यबाहक सभापति लामिछानेले सबैको सहमति जुटाएर आफुले जिल्लाको नेतृत्व गर्ने धारणा सार्वजनिक गरेका छन् । उनले आफु उपसभापति हुँदै कार्यबाहक सभापति पनि भइसकेकोले एक पटक सभापति भएर काम गर्ने इच्छा भएको बताउँदै आएका छन् । पार्टीलाई चुस्त दुरुस्त बनाउँदै संगठनलाई मजबुद बनाउने र आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरलाई कांग्रेसमय बनाउने लक्ष्यका साथ उनले सभापति पदमा आफुलाई उभ्याएका छन् । उनले सबै पक्षलाई समेटेर सहमतिबाटै कार्यसमिति चयन गर्नुपर्ने अडान लिएका छन् ।

कांग्रेस मकवानपुरको राजनीतिमा बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सह–महामन्त्री महालक्ष्मी उपाध्याय डीना निर्णायक मानिन्छन् । तर, बानियाँ र डीनाले भने हालसम्म कसलाई सहयोग गर्ने भन्ने बारे सार्वजनिक रुपमा धारणा व्यक्त गरिसकेका छैनन् । स्रोतका अनुसार स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेको बेला आन्तरिक प्रतिस्पर्धाले पार्टीभित्रै विवाद बढाउने र विभिन्न गुट–उपगुटको निर्माण गर्ने भएकाले सहमतिबाटै अधिवेशन सम्पन्न गर्ने पक्षमा बानियाँ र डीनाको एकमत रहेको छ ।

मुख्य समाचार राजनीति समाचार समाज