शेयर बजार स्थिर रहँदा तीन अर्ब ६८ करोडको कारोबार

काठमाडौँ । नयाँ अर्थमन्त्रीका रुपमा जनार्दन शर्मा आएपछि सेयर बजार ओरालो लागि रहेको छ ।

हिजो १०१ अंकले घटेको सेयर बजार आज ०.०८ प्रतिशतले मात्रै वृद्धि भएको छ । सेयर बजार निरन्तर घट्ने हो भने नेपालको अर्थतन्त्रमा समेत असर गर्छ । विदेशी लगानी कर्ताहरुले समेत सेयर बजारको अध्ययन गरेर मात्रै लगानी गर्ने गरेका छन् । सेयर बजार निरन्तर घट्नु राम्रो होइन ।

तर अर्थमन्त्री नै सार्वजनिक कार्यक्रममा अर्थशास्त्र केही नबुझेको भन्दै भाषण गर्ने गरेका छन् । उनको कारणले पनि सेयर बजारमा केही समस्या परेको छ । भने हिजोबाट बढ्को व्याजदरको पनि प्रभाव रहेको छ । आज भने ०.०८ अंकले बजार बढ्दा नेप्से परिसूचक २७००.९८ अंकमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२७ कम्पनीको ७५ लाख ४९ हजार ७ सय ७९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९ सय १५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

सबैभन्दा धेरै सेयर मूल्य बुद्धभूमि नेपाल हाइड्रोको वृद्धि भएको छ । सो कम्पनीको ८.१३ प्रतिशतले वृद्धि भएको हो । नेशनल हाइड्रो पावरको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको ५४ करोड ९१ लख ९३ हजार २ सय रुपैयाँको सेयर कारोबार भएको छ ।

अर्थ मुख्य समाचार