कांग्रेसद्वारा बाल विकास केन्द्रका विद्यार्थीलाई न्यानो कपडा वितरण

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका–३ लेवटमा रहेको बाल उज्वल माध्यामिक विद्यालयले सञ्चालन गरेको सरस्वती बाल विकास केन्द्रका बालबालिकालाई न्यानो कपडा सहयोग गरिएको छ । ३ नम्बर वडा सभापति थापाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस हेटौंडा उपमहानगरपालिकाका निवर्तमान सभापति आनन्दराम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिको सहयोगमा बाल विकास केन्द्रका बालबालिकाहरुलाई न्यानो कपडा सहयोग गरिएको हो । केन्द्रमा रहेका २४ जना बालबालिकालाई ट्रयाक सुट सहयोग गरिएको छ ।

कार्यक्रममा नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, कांग्रेस नेताहरु यतिराज सापकोटा, रमेश गिरी, विजय पुडासैनी, रत्न ब्लोन, रामबहादुर थापा लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

 

 

समाचार समाज स्थानीय