हेटौंडा –५ दक्षिणकाली रोडमा स्लाब ढलानको काम सुरु

हेटौँडा/ हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ दक्षिणकाली रोडमा स्लाब ढलानको शिलान्यास गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढलानको शिलान्यास गर्नुभयो । हेटौंडाका कच्ची सडकहरु पक्की निर्माण गर्ने अभियान निरन्तर चलिरहेको र यो अभियानमा आफु लागिपरेको मेयर महतले बताउनुभयो । कुल २२ लाख रुपैयाँ लागतमा स्लाब ढलानको काम सुरु गरिएको हो ।

 

समाचार समाज स्थानीय