एक सय ५५ औं स्मृति दिवसका अवसरमा प्रथम सहिद थापाको शालिक निर्माण गरिदै

हेटौँडा/ नेपालका प्रथम सहिद क्याप्टेन लखन थापा मगरको शालिक निर्माणको काम सुरु गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ मा रहेको लखन बाटिका स्मृतिको प्राङ्गनमा शालिक निर्माण गर्नका लागि मेयर हरि बहादुर महतले शिलान्यास गरेका छन । शहिदको सबैले सम्मान गर्ने उदेस्यका साथ उहाँको शालिक निर्माणको काम सुरु गरिएको हो ।

कार्यक्रममा बोल्दै मेयर महतले लखन थापाले गरेको योगदानको चर्चा गर्दै उहाँलाई सबैले सम्झनु पर्ने बताएका छन । थापाको एक सय ५५ औं स्मृति दिवसका अवसर पारेर शालिकको शिलान्यास गरिएको हो । कार्यक्रम लखन थापा नगर स्मृति बाटिका मकवानपुरका अध्यक्ष विश्व कुुमार आलेको अध्यक्षतामा भएको हो ।

मुख्य समाचार राजनीति समाचार समाज