सुनको मूल्यमा वृद्वि

हेटौँडा/ नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ । हिजो प्र्तितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य तोलामा एकैदिन १ हजार २०० ले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवासाय महासंघले जनाएको छ ।

तेजावी सुनको मूल्य आज ९६ हजार २०० रुपैंया रहेको छ । यस्तै, चाँदीको मूल्य पनि तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार ३२० पुगेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३०० रुपैंया रहेको थियो ।

अर्थ