कोगटेमा घाम लागेपछि फोन नलाग्ने समस्याले हैरान स्थानियबासी

हेटौँडा/ मकवानपुरको भीमफेदी गाउँपालिका–७, कोगटेमा घाम लागेपछि फोन नलाग्ने समस्यामा नेपाल टेलिकमका ग्राहकहरु परेका छन् । कोगटेमा रहेको नेपाल टेलिकमको टावरमा जडान गरिएको सोलारमा समस्या देखिएपछि घाम लागेपछि फोन नलाग्ने भएको हो । करिब नौ महिनादेखि नेपाल टेलिकमको नेटवर्कमा यस किसिमको समस्याहुँदा पनि सरोकारवाला पक्षले ध्यान नदिएको गुनासो जनप्रतिनिधिले गरेका छन् । विहान र साँझमा फोन लागेपनि घाम लागेपछि फोनै नलाग्ने वडाअध्यक्ष बुद्धिबहादुर सिजालीले जानकारी दिए ।

उनका अनुसार यस विषयमा नेपाल टेलिकम, गाउँपालिका तथा सवै राजनीतिक दलका नेताहरुलाई जानकारी गराएपनि समस्याको समाधान भएको छैन । यस समस्याबाट कोगटेमा रहेका करिब तीनसय घरधुरी प्रत्यक्ष प्रभावित भइरहेका छन् ।

 

मुख्य समाचार समाचार समाज स्थानीय