त्रिभुवन विमानस्थल छिर्न ‘प्रिन्टेड टिकट’ अनिवार्य !

हेटौँडा/ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् ।

मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । सोही अनुसार कम्पनीहरुले समेत यात्रुलाई डिजिटल टिकट नभई टिकट प्रिन्ट गरेर आउन सूचित गरेका छन् ।

विमानस्थलका महाप्रवन्धक भोला गुरागाँईले भने मोवाइलमा ‘टिकट नम्बर’ मात्र लिएर आउने यात्रुलाई मात्र रोकिएको जानकारी गराए ।

 

 

मुख्य समाचार शिक्षा समाचार समाज स्थानीय