उड्डयनमन्त्री प्रेम आले विवादमा, राजीनामाको माग

हेटौँडा/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले विवादमा मुछिएका छन् । आलेले भारतमा रहेका भनिएका एक जना एमाले कार्यकतालाई उठाउने ९अपहरण० गर्ने धम्की दिए पछि चौतर्फी आलोचना भएको छ ।

सामाजिक सञ्जालमा ‘जथाभावी प्रतिक्रिया’ लेखेको भन्दै आक्रोशित रहेका मन्त्री आलेले टेलिफोनमार्फत् एक युवालाई ‘अपहरण’सम्मको धम्की दिएपछि चौतर्फी आलोचना भएको हो । मन्त्री आलेले धम्की दिँदै गरेको फोन वार्ता यतिखेर सामाजिक सञ्जालमा भाइरल भएपछि उनको सर्वत्रराजिनामाको माग उठेको छ ।

एमाले नेता भीम रावलले ‘पदीय मर्यादा, सामाजिक शिष्टता, नैतिकता र कानुनको समेत खिल्ली उडाउने मन्त्रीलाई प्रम देउवा र नेकपा ९एस० का अध्यक्ष माधव नेपालले पदमा राखिरहनु हुन्छ भने उहाँहरूमाथि पनि जनताले गम्भीर प्रश्न उठाउनु पर्ने हुन्छ । हेरौँ उहाँहरू जनता, समाज र कानुनप्रति कति जिम्मेवार हुनुहुँदो रहेछ रु’

एमालेकी सांसद शान्ता चौधरीले पनि आलेको उक्त धम्कीको आलोचना गरेकी छिन् । ‘हद नाघेर अश्लिल बोल्ने आमालाई समेत जोडेर धावा बोल्ने प्रेम आलेलाई तुरुन्त बर्खास्त गर’ भन्दै सामाजिक सञ्जालवाट माग गरेकी छिन् । यो संवाद एमाले कार्यकर्ता जगत ओलीको फेसबुकबाट सार्वजनिक गरिएको छ ।

यस्तो छ, मन्त्री आले र युवाबीचको संवादको सम्पादित अंश, संवादमा अश्लिल शव्दको प्रयोग भएकाले ती शब्द हटाइएको छ ।

मन्त्रीः ‘कहाँ हुनहुन्छ तपाईं ?
युवाः इन्डियातिर छु’
मन्त्रीः अनि तपाईंको कमेन्ट हेरे मैले, के लेख्या त्यस्तो यार ?
युवाः ‘हैन हजुर, हामीले पनि यस्तो आशा लागेको थिइन् र?’
मन्त्रीः कस्तो आश र?
युवाः तपाईंबाट पनि यस्तो हुन्छ भनेर आशा गरेका थिएन,’
(मन्त्री आले आक्रोशित हुन सुरु गर्छन)
मन्त्रीः भन नी तेरी मा।। तलाईं मैले के गरेको थिएँ र?’
युवाः के गरेको छु र ?
मन्त्रीः तँलाई मा‘ त्यही ठाउँबाट उठाउँछु म, कुन ठाउँमा छस भन त,’
युवाः आउन त यता आऊँ, बम्बईमा छु म’
मन्त्रीः तेरी मा‘ भन त ठाउँ भन, मुम्बइ कहाँ छस, तँलाई त्यही ठाउँबाट उठाएर ल्याउँछु तँलाई, मुम्बइ कहाँ छस् तेरी मा‘’
युवाः आउन आउ‘ आइजो न आइजो, त मुला बेसरम‘ तस्कर‘
मन्त्रीः मुम्बइ कुन ठाउँ होस भन तँ र ?
युवाः तस्कर मुला‘ बेसरम, लाज छैन, तस्कर‘ मन्त्रीका लागि बेची खाने तस्कर’
मन्त्रीः जे पायो, त्यही लेख्छस मा।।कुकुर‘तलाईं मा‘ कुकुर त्यही आएर खुटासुटा काटेर साला प्याक गरेर राख्छु ।
युवाः मलाई रु तँ के गर्छस् भन न ?
युवाः त मा‘ कहाँ छस भन त  ?
मन्त्रीः तँ ‘ छोरा होस् क्या, तँ चुतियाँ साले, मु‘‘तस्कर, नौ महिना जेल बसेर आएको होइनस् मुला, मलाई सिकाउँछस् ?’
मन्त्रीः त मा‘ ट्वालेट सफा गर्छस् ‘ का छोरा, मलाई सिकाउँछस् ?
युवाः त मुला जस्तो होइन क्या म चर्पी सफा गरेर खाने, आइजो न म के काम गर्छ ?
मन्त्रीः भन त तँ कहाँ छस् रु तँलाई त्यहीबाट उठाइदिन्छु ।
युवाः त आइजो न एकैलात्ती हानेपछि उता गिर्नेवाला छस् ?
मन्त्रीः बम्बइ कुन ठाउँमा छस्, भन त कुकुर ‘का छोरी ।
युवाः बम्बइ भन्या तँ पहिला तँ लाई अधेँरी छु भनेर, तेरो को मान्छेलाई पठाउने हो पठा त ?
मन्त्रीः तेरी मा‘ तेरो ठेगाना पठा त ?

युवाः अधेँरी छुु, अधेँरी‘सुन न तँलाई ठेगना भन्छु त तेरो मान्छेको नम्बर दे न त ।
मन्त्रीः लोकेसन नि पठा त ?
युवाः अरे, नम्बर पनि म्यासेन्जर पठाएको छु, हेर न मुला ।
मन्त्रीः तेरी मा‘ तँलाई पख, एकपटक तँलाई त्यहीँबाट उठाइदिन्छु ।

यही संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि राजीनामाको माग उठेको छ ।

मुख्य समाचार राजनीति समाचार समाज