प्रदेश प्रमुख शर्मा अस्पताल भर्ना

हेटौँडा/ वाग्मती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन् । प्रदेश प्रमुख शर्माको मुटुमा ८ वर्ष अगाडि राखिएको पेस मेकर परिवर्तन गर्न सहिद गंगालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र बाँसबारीमा भर्ना भएका हुन् । शर्माका प्रमुख स्वकीय सचिव पारसमणि फुयालका अनुसार बुधबार पेश मेकर परिवर्तन गर्ने तयारी भइरहेको छ ।

शर्मा लामो समयदेखि मुटु रोगीबाट प्रभावित छन् ।

मुख्य समाचार राजनीति समाचार समाज