इमर्जिङ नेपालको आइपीओ आज बाँडफाँट हुने, तपाईंलाई पर्यो कि परेन यसरी हेर्नुस्

काठमाडौँ । इमर्जिङ नेपाल लिमिटेडले माघ २६ गतेदेखि फागुन १ गतेसम्म निष्काशन खुला गरेको साधारण शेयर (आइपीओ) आज बाँडफाँट हुने भएको छ ।
बिक्रि प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार आज दिउँसो ३ः३० बजे बाँडफाँट हुने छ ।
आइपिओमा २४ लाख १५ हजार ९ सय १९ जनाले आवेदन दिएका थिए । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अङ्कित मूल्यमा पाँच करोड ५५ लाख ६० हजार बराबरको पाँच लाख ५५ हजार ६ सय कित्ता आइपिओको बिक्री खुला गरेको थियो ।

५ प्रतिशत अर्थात् २७ हजार ७८० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ । भने दुई प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता साधारण सेयर कर्मचारीकम लागि सुरक्षित गरी बाँकी रहने ५ लाख १६ हजार ७०८ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो ।

सर्वसाधारणका लागि छुट्याइएको उक्त आईपीओ गोलाप्रथाबाट ५१ हजार ६ सय ६२ जनाले १० कित्ताका दरले र ८ जनाले ११ कित्ताका दरले सेयर पाउने छन् ।

मेरो सेयर र बिक्री प्रबन्धकको साइडमा गएर आफुलाई परो कि भरेन भनेर हेर्ने सकिने छ ।

अर्थ मुख्य समाचार समाज