बन्द गराउँदै हिड्ने ३९ जना काठमाण्डौ उपत्यकाबाट पक्राउ

हेटौँडा/ बन्द गराउँदै हिड्ने ३९ जना काठमाण्डौ उपत्यकाबाट पक्राउ परेका छन् । बिहान काठमाण्डौबाट २४, ललितपुरमा १२ र भक्तपुरबाट तीन जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीसँगको सम्झौताको विरोधमा आज मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, नेत्रविक्रम चन्द नेतृत्वको नेकपालगायतका कम्युनिष्ट पार्टी र मोर्चाले बन्द आह्वान गरे पछि बिहानैदेखि चोक चोकमा सुरक्षाकर्मी खटिएका छन् ।

प्रहरीले ढुक्क भएर गाडी चलाउन आग्रह गरेको छ । देशका धेरै ठाउँमा बिहानैदेखि सामान्य रुपमा गाडी चलिरहेका छन् ।

प्रदेश समाचार मुख्य समाचार समाचार समाज