मकवानपुरगढी शिखरकटेरीमा ट्याक्टर दुर्घटना हुँदा विकको ज्यान गयो

७ फाल्गुन,मक्रान्चुली- मकवानपुरगढी गाउँपालिका वडा नं २ शिखरकटेरीमा ट्याक्टर दुर्घटनामा परि एक युवकको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने २१ वर्षका सुशील विक रहेका छन् ।

शुक्रबार राति कान्तिलोकपथ अन्तर्गत शिखरकटेरीमा अनटेष्ट ट्याक्टरमा बसेका उनको मृत्यु भएको मकवानपुरका प्रहरी प्रवक्ता डिसपी जयश्वर रिमालले बताउनु भएको छ ।

शुक्रबार राती उनी चढेको ट्याक्टरबाट खस्दा उनलाई सोही ट्याक्टरले किचेको र घटनास्थलमै ज्यान गएको जनाइएको छ। ट्याक्टर नियन्त्रणमा लिएको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजि कार्य जारी रहेको प्रहरीको भनाई छ ।

घटनाको विषयलाई लिएर स्थानीयले लोकपथ अवरुद्ध गरेका कारण संभावित घटनालाई मध्यनजर गरेर घटनास्थलमा आवश्यक संख्यामा प्रहरी परिचालन गरिएको मकवानपुर प्रहरी कार्यालयले जनाएको छ।

मुख्य समाचार समाचार समाज