विरोध खतिवडाको झुटको पर्दाफास, यस्तो छ प्रमाण

हेटौँडा– स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाले पैसा तिरेर कोरोना खोप लगाएको भन्ने अभिब्यक्ति झुटो रहेको पाईएको छ ।

नेपालको एक टेलिभिजनमा उनले आफुले पाँच हजार रुपैँया तिरेर खोप लगाएको भन्ने अभिब्यक्ति दिएका थिए । सगरमाथा टिभिमा उनले भनेका थिए ‘ अघिल्लोचोटी मैले पाँच हजार तिरेर लगाएको छु, त्यो पाँच हजारमा लगाउने ठाउँमा कसरी पुग्यो र त्यो बेला सरकारले दिन सकेन, मलाई ज्यानको माया थियो, ज्यान बचाउन हतार थियो लगाए ।’

उनले केपी ओली सरकारको समयमा खोपको चोरी निकासी भएको आरोप लगाएका थिए । तर खतिवडाको आरोप झुट रहेको प्रमाण फेला परेको छ । नेकपा एमालेका केन्द्रीय सचिव तथा स्वास्थ्य विभाग प्रमुख योगेश भट्टराईले खतिवडाले बोलेको कुरा झुट रहेको प्रमाण आफ्नो फेसबुक पेजमा सेयर गरेका छन् ।

उनले केपी ओलीको सरकार हुँदा २०७७ साल फागुन १९ गते अनुदानमा आएको खोप सिभिल अस्पतालमा पुगेर निशुल्क लगाएको प्रमाण समेत भट्टराईले हालेका छन् ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज स्थानीय