कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने

हेटौँडा– नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने भएको छ । यसअघि फागुन १३ गते निर्धारण गरेको मकवानपुरसहित १३ जिल्लाको अधिवेशन दुई दिनपछि सारेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, नवलपुर, बाँके, अछाम र कैलाली जिल्लामा अधिवेशन हुन बाँकी छ । ती सबै जिल्लाहरुमा फागुन १५ गते नै अधिवेशन हुने भएको हो । साथै उल्लेखित १६ जिल्ला बाहेकका जिल्लामा निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन निर्धारित मिति २०७८ फागुन १० गते भित्रै गर्ने समेत निर्णय भएको हो ।

यसअघि मकवानपुर अधिवेशनको मिति ३ पटक तय भएर पुनः सरेको हो । यसअघि अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन माघ १५ गते आयोजना गर्ने निर्णय गरिएको थियो । कोभिड संक्रमणको जोखिमको कारण अधिवेशन स्थगित गरिएको थियो । त्यसअघि जिल्ला अधिवेशन पुस २७ गते हुने निर्णय भएको थियो ।

प्रदेश समाचार मुख्य समाचार राजनीति समाचार समाज