नेपाल प्रेसका प्रधान सम्पादक पौडेलसहित ९ पत्रकार सम्मानित

हेटौँडा– नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेललाई सम्मान गरिएको छ । प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको सन्दर्भ पारेर पौडेलसहित पत्रकारहरू प्रमोद न्यौपाने, नेत्र पौडेल, ध्रुव दंगाल, रामकृष्ण थापा, निरोज चौलागाईं, सुन्दर सिरिस, शर्मिला ठकुरी र बेदराज सुवेदीलाई सम्मान गरिएको हो ।

पत्रकारिताबाट समाजमा पुर्‍याएको योगदानको कदस्वरूप नगद तथा सम्मानपत्रबाट उनीहरूलाई सम्मान गरिएको प्रेस चौतारी सिन्धुपाल्चोकले जनाएको छ । यसैबीच जिल्ला अधिवेशनले विदुर आचार्यको नेतृत्वमा सिन्धुपाल्चोक चौतारीको सर्वसम्मत कार्यसमिति चयन गरेको छ ।

मुख्य समाचार राजनीति समाचार समाज