मकवानपुरमा थप ५ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा थप ५ जनामा कोरोना भाइरस ९कोभिड–१९० संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १५ जनाको पीसीआर परीक्षण गर्दा ३ जनामा र १० जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा कोरोना पुष्टि भएको छ । यससँगै जिल्लामा कोरोना संक्रमण हुनेको कुल संख्या १७ हजार ९११ जना पुगेको छ । यस्तै, जिल्लामा सोही अवधिमा १५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

मुख्य समाचार समाचार समाज