अमेरिकाले भन्योः एमसीसी लिने नलिने नेपालको आन्तरिक विषय

काठमाण्डौ । अमेरिकाले एमसीसी सम्झौतालाई अनुमोदन गर्ने वा नगर्ने केबल नेपालको सार्वभौम निर्णय रहेको प्रष्ट पारेको छ ।
चीनले शुक्रबार अमेरिकाले नेपालमा ‘मिचाहा कूटनीति’ प्रयोग गरेको र त्यसको आफूले प्रतिवाद गर्ने चेतावनी दिएको भोलिपल्ट अमेरिकी दूतावासले उक्त धारणा बाहिर ल्याएको हो । काठमाडौंस्थित अमेरिकी दूतावासले शनिबार बेलुकी प्रेस विज्ञप्ति जारी गर्दै एमसीसीलाई अनुमोदन गर्ने वा नगर्ने निर्णय नेपाली नेताहरुले गर्ने जनाएको हो ।

एउटा सार्वभौम र लोकतान्त्रिक मुलुक भएको विज्ञप्तिमा उल्लेख छ । वेइजिङमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वन पिनले अमेरिकाले नेपालमाथि बलजफ्ती कूटनीति गर्न खोजेको टिप्पणी गरेका थिए ।

अमेरिकाले विज्ञप्तिमा एमसीसीको ५०० मिलियन डलर अनुदान अमेरिकी जनताका तर्फबाट उपहार भएको समेत उल्लेख गरेको छ । एमसीसीले नेपालमा रोजगारी र पूर्वाधार ल्याउने र नेपालीहरूको जीवनमा सुधार गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

मुख्य समाचार राजनीति समाचार