आजको मौसम: पहाडी र हिमाली केही स्थानमा वर्षा र हिमपात हुने

हेटौँडा/ हाल देशमा पश्चिमी न्यून प्रणालीको प्रभाव रहेको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ साथै तराईका केही भूभागमा हुस्सु कुहिरो लागेको छ ।

यस्तै आज दिउँसो पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी भूभागको केही स्थानहरुमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

समाचार समाज