फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य

हेटौँडा/ नेपाल आयल निगमले फेरी पेट्रोलियम प्रदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल,डिजेल र मट्टितेलमा ३ र ३ रुपैयाँ मूल्य वृद्धि गरेको हो । बढेको मुल्य निगमले शनिबार राति १२ बजेदेखि लागू भएको छ ।

मूल्य बढेसँगै पेट्रोल १ सय ४५ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर १ सय २८ पुगेको छ । यता निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने बढाएको छैन । यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्धको मूल्य वृद्धि गरेको थियो ।

मुख्य समाचार समाचार समाज साहित्य