क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा वाईबा मृत्यु, बल घाइते

हेटौँडा/ हेटौंडामा-५ क्याम्पाडाँडामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन।

हेटौंडा-८ कमानेबाट क्याम्पाडाँडातर्फ आउँदै गरेको ना ६३ प ७४२ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त हुँदा मोटरसाइकल चालक हेटौंडा-१५ फायरलाईन बस्ने २५ वर्षीय बिक्रम वाईबाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिएका छन।

तिब्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटनाग्रस्त हुँदा गम्भीर घाइते वाइबाको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको जनाइएको छ। त्यसैगरी मोटरसाईकलमा सवार सोही स्थान बस्ने ३१ वर्षीय रमेश बल घाइते भएको र उनको हेटौंडा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

मुख्य समाचार समाचार समाज स्थानीय