ओम वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग

हेटौँडा/ हेटौंडा–२ स्थित ओम वृद्धाश्रमलाई एक लाख रुपैयाँ सहयोग गरिएको छ । काठमाडौ महानगरपालिका–१४ निवासी पूर्णबहादुर श्रेष्ठ र निर्मला श्रेष्ठले वृद्धाश्रमको अक्षयकोषका लागि एकलाख रुपैयाँ नगद सहयोग गरेका हुन् ।

आश्रममै पुगेर निर्मला श्रेष्ठले आश्रमका अध्यक्ष सिद्धिलाल श्रेष्ठलाई सहयोग रकम हस्तान्तरण गरिन् । यस्तै आश्रमलाई ५ हजार ५ सय ५५ रुपैयाँ तिरेर आजीवन सदस्यता समेत लिएकी छन् ।

मुख्य समाचार समाचार समाज