जरुवा टोलमा ग्यास सिलिण्डर विस्फोट हुँदा घरमा आगलागी, दुई जना घाइते

हेटौँडा/ आइतबार साँझ हेटौंडा–१ स्वर्ग लोक जरुवा टोलमा ग्यास सिलिण्डर विस्फोट हुँदा एक घरमा आगलागी भएको छ भने दुई जना घाइते भएका छन।

आगलागी नियन्त्रणमा लिन हेटौंडा उपमहानगरपालिकाको दमकल घटनास्थलमा पुगिसकेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी जयश्वर रिमालले बताएका छन ।

सिलिण्डर विस्फोट हुदा भएको आगलागीमा घरधनी २४ बर्षीय सुमित मिश्र र उनको घरमा भाडामा बस्ने भारत मोतिहारी घर भएका ५२ बर्षीय अमिर अलि घाइते भएको र उनीहरुलाई उपचारलाई हेटौंडा अस्पताल पठाइएको जनाइएको छ । दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आइसकेको प्रहरी नायव उपरीक्षक रिमालले बताए ।

समाचार समाज