सोमबार १२ जनाको स्वाब संकलन

हेटौँडा/ सोमबार हेटौंडा–१० स्थित गोरक्षेश्वर स्वाब संकलन केन्द्रमा १२ जनाको स्वाब संकलन गरिएको छ । कोभिड–१९ परीक्षणका लागि ५ जना महिला र ७ जना पुरुषले स्वाब संकलन गराएका हुन । स्वाब दिन आउने अधिकांश स्वास्थ्य उपचारका लागि अस्पतालमा आवश्यक भएर वा वैदेशिक रोजगारी, वैदेशिक अध्ययनका लागि जान चाहनेहरु रहेका छन । संकलन गरिएको स्वाब हेटौँडा अस्पतालको प्रयोगशालामा परिक्षणको लागि पठाइएकोहेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोलाप्रसाद चौलागाईले बताए ।

 

समाचार समाज स्वास्थ्य