रोटरी क्लब अफ हेटौंडाद्वारा सरस्वती आधारभूत विद्यालयका ७० विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

हेटौँडा/ रोटरी क्लब अफ हेटौंडाले मकवानपुरगढी गाउँपालिका–५, बुङदोलडाँडास्थित सरस्वती आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । आइतबार विद्यालयमै पुगेर सहयोग सामग्री हस्तान्तरण गर्नुका साथै विद्यार्थीलाई स्वस्थ राख्ने बानी पार्न परामर्श समेत गरी एक÷एक सेट टुथब्रस तथा मञ्जन समेत वितरण गरेको छ । साथै क्लबले १ वर्षका लागि आवश्यक पर्ने कापी, पेन्सिल, बलपेन, बिस्कुट सहयोग गरेको छ ।

रोट्र्याक्ट क्लब अफ हेटौंडाका अध्यक्ष रवि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका पूर्वअध्यक्ष ईन्द्रप्रसाद नेपाल र शिक्षा समितिका सदस्य वासु न्यौपानेको विशेष सुझाव र सहयोगमा आफ्नै रोटरी ब्रान्डको सन्देशमूलक कापी बनाई वितरण गरिएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक चतुर्भुज पौड्यालको पनि उपस्थिति रहेको थियो ।

शिक्षा समाचार समाज