एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बस्दै

हेटौँडा/ नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ। बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने पार्टी सचिव एवं प्रमुख सचेतक जीवनराम श्रेष्ठले जानकारी दिए। एमसीसीकै कारण सत्ता गठबन्धन र एकीकृत समाजवादीबीच मत विभाजित भइरहेको अवस्थामा सचिवालयको बैठक बस्न लागेको हो।

आइतबारको संसद बैठकमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी० परियोजना टेबल भएपश्चात् दलका केही नेताले असन्तुष्टि जनाएका छन्। त्यसैगरी, भातृ संगठन पनि एमसीसी विरोधमा उत्रिएका थिए।

मुख्य समाचार राजनीति समाचार समाज