सोमबार १ जनामा कोरोना पुष्टि

हेटौँडा/ मकवानपुरमा सोमबार १ जना व्यक्तिमा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य कार्यालय मकवानपुरले उपलब्ध गराएको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा ४१ जनाको पिसिआर र एन्टिजेन विधिबाट कोरोना जाँच गर्दा १ जनामा संक्रमण पुष्टि भएको हो। आज पुष्टि हुने १ सँगै मकवानपुरमा हाल सम्म कोरोना पुष्टि हुनेको संख्या १७९१६ रहेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ३ जना संक्रमण मुक्त भएका छन।

समाचार समाज स्थानीय स्वास्थ्य