रकम लिएर नक्कली कोरोना रिपोर्ट बनाउनेविरुद्ध मुद्धा दर्ता

हेटौँडा/ रकम लिएर नक्कली कोरोना रिपोर्ट बनाउने एकजनालाई भ्रष्टाचार मुद्धा दर्ता गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १९ को उपदफा २ बमोजिम कसूरमा उनलाई विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियारले जनाएको छ ।

उनले अस्पतालमा भर्ना भएका बिरामीको स्वाब संकलन गरी स्वाबको परीक्षण नै नगरी गलत रिपोर्ट दिएको र रिपोर्ट पोजेटिभ आएमा थप रकम लिई रिपोर्ट नेगेटिभ बनाइदिएको अख्तियारको भनाई छ । यादवले बनाएको कोरोना परीक्षणको रिपोर्ट नक्कली पाइएको र उनले अस्पतालको छाप समेत किर्ते गरेको जनाईएको छ ।

मुख्य समाचार समाचार समाज