बर्तौलाद्वारा लिङ्देन नेतृत्वको राप्रपाबाट राजिनामा

हेटौँडा/ राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य राजाराम बर्तौलाले पार्टीबाट राजिनामा दिएका छन् ।

केन्द्रीय समिति बैठकमा आफुले उठाएको महाधिवेशनको क्रममा निर्मल निवासबाट भएको हस्तक्षेपबारे छानबिन गर्ने विषयमा नेतृत्वले बेवास्ता गरेको भन्दै वर्तौलाले साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएका हुन् । उनले राप्रपाका अध्यक्षलाई सम्बोधन गर्दै राजिनामा दिएका छन् ।

राजिनामा पत्रमा पार्टीभित्र गम्भीर सैद्धान्तिक विचलन र स्वेच्छाचारिता मौलाएको समेत आरोप लगाएका छन् । हेटौंडाका वर्तौला कमल थापा अत्यन्तै निकट छन् । उनी कमल थापाको सचिवालयका सदस्य समेत हुन् । कमल थापा उपप्रधानमन्त्री रहँदा बर्तौला राजनीतिक सल्लाहकार थिए ।

 

मुख्य समाचार राजनीति समाचार समाज