बकैयामा फागुन १३ र १४ गते पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुदैँ

हेटौँडा/ मकवानपुरको बकैया गाउँपालिकामा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता यहि फागुन १३ र १४ गते हुने भएको छ । क्लबको सातौ वार्षिक उत्सवको अवसरमा नकआउट चरणमा प्रतियोगिता खेलाईने आयोजक घमनटोल स्पोर्टस् क्लबले जनाएको छ । यसअघि,माघ ७ र ८ प्रतियोगिताको तयारी रहेको थियो कोरोना संक्रमणको जोखिम बढे संगै प्रतियोगिता स्थगन गरिएको थियो । संक्रमणको जोखिम कम भएसंगै तयारी सुरु गरिएको क्लबले जनाएको छ ।

कोरोना संक्रमण जोखिमको कारण स्थगित भलिबल प्रतियोगता यहि १३ र १४ गते गर्ने तयारी रहेको घमनटोल स्पोर्टस् क्लबका अध्यक्ष राजकुमार तिमल्सिनाले जानकारी दिए । प्रतियोगिता बकैया ७ को घमनटोल खेल मैदानमा हुने छ ।

प्रतियोगिताको विजेता टिमले नगद २० हजार र उपविजेता टिमले नगद १० हजारसहित शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् भने प्रतियोगितामा उत्कृष्ट खेलाडीले ३ हजार प्राप्त गर्ने छन् । प्रतियोगिताबाट जिल्लामा हुने भलिबल प्रतियोगितामा गाउँपालिकाबाट सहभागि हुने खेलाडीको छनोट समेत हुने बताईएको छ ।

 

खेलकुद समाज