रातोमाटेबाट लागूऔषध सहित दुइ जना पक्राउ

हेटौँडा/ हेटौंडाको रातोमाटेबाट लागूऔषध सहित दुइ जना पक्राउ गरिएको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ स्थित रातोमाटेबाट लागूऔषध नाईट्राभेट् ३०० ट्याब्लेट, नुफिम ५३ एम्पुल, डाईजापाम ५० एम्पुल, फेनारगन ५६ एम्पुलसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पर्साको वीरगंज महानगरपालिका वडा नम्वर ९ बस्ने ४२ वर्षीय ईश्वरबहादुर उदास र २४ वर्षीय सन्दिप कुमार श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतीनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

वीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा ४० प ६४७८ नम्वरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा उदास र श्रेष्ठको साथबाट लागूऔषध बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत मकवानपुरबाट १८ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान तथा कानूनी प्रकृया अगाडि बढाइएको छ ।

समाज