वाग्मती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटना बढ्दो

हेटौँडा/ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को तथ्याङ्क अनुसार सन् २०२१ मा वाग्मती प्रदेशमा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट १ हजार १ सय ८३ जना पीडित भएका छन् ।

यस वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा ३४ जना महिला र २ सय ४९ पुरुष गरी जम्मा २ सय ८३ जना तथा ज्यादतीका घटनामा ८ सय ४२ जना महिला, ४८ जना पुरुषसहित जम्मा ८ सय ९० जना पीडित भएको इन्सेकले जनाएको छ । यो संख्या गतवर्षभन्दा ८१ जनाले बढी हो ।

यस वर्ष राज्यपक्षबाट हिरासतमा रहेका एक जना पुरुष कारागारमा ५७ जनाको मृत्यु भयो जसमध्ये पाँच जना बन्दीको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको हो । साथै गिरफ्तारीका घटनामा १० जना, अभिव्यक्ति, भेला तथा सङ्गठित हुने अधिकारमा ३४ जना महिला र १ सय ८१ जना पुरुष गरी २ सय १५ जना पीडित भए ।

सन् २०२० मा भने मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार ९२ जना पीडित भएका थिए । जसमा राज्यपक्षबाट २ सय ३८ जना र अन्यपक्षबाट ८ सय ५४ जना पीडित भएका थिए ।
हेडम्बा न्युजबाट साभार

समाज