स्थानीय तहको निर्वाचन घोषणाविरुद्धको रिटमा आज सुनुवाइ हुने

हेटौँडा/ स्थानीय तहको निर्वाचनको घोषणाविरुद्व दर्ता भएको रिटमा आज  सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ हुने भएको छ । सरकारले आगामी बैशाख ३० मा एकसाथ ७५३ वटै स्थानीय तहको चुनाव घोषणा गरेपनि ०७४ मा दोस्रो र तेस्रो चरणमा निर्वाचन भएका स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल पाँच वर्ष नपुग्नेभन्दै रिट दायर भएको थियो ।

महोत्तरीको भँगाहा नगपालिका मेयर सञ्जीवकुमार साहले दायर गरेको रिटमा पहिलो पेसी आजलाई तोकिएको छ । सर्वोच्च अदालत प्रशासनले सुरुमा उनको रिट दर्ता गर्न अस्वीकार (दरपीठ) गरेको थियो । पछि तर, इजलासको आदेशबाट रिट दर्ता भएको हो । ०७४ मा स्थानीय तहको निर्वाचन तीन चरणमा भएको थियो । तर, यो पटक ७५३ वटै स्थानीय तहको निर्वाचन एक पटक गर्न लागिएको हो ।

मुख्य समाचार राजनीति