मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित

हेटौँडा/ मधेस प्रदेशको प्रदेशसभा बैठक स्थगित भएको छ । दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक स्थगित भएको हो । स्थगित भएको प्रदेशसभा बैठक फागुन २२ गते बस्ने भएको छ । सभामुखहरुको अधिवेशन पोखरामा चलिरहेको र नेपाली कांग्रेसको जिल्ला अधिवेशन फागुन १५ गते रहेकाले प्रदेशसभाको बैठक सहमतिमै स्थगित गर्दै नयाँ मिति तय गरेको सभामुख सरोजकुमार यादवले जानकारी दिए ।

प्रदेश समाचार मुख्य समाचार राजनीति