कर्रामा सवारी दुर्घटना हुँदा एकजना घाइते

हेटौँडा/ हेटौंडाको कर्रामा सवारी दुर्घटना हुँदा एकजना घाइते भएका छन् । दुईवटा ट्रक एकआपसमा ठोकिँदा एकजना घाइते भएका छन् । बा.प्र ०३–००१ क ०७२४ नम्बरको आइचर ट्रक र लु.२ ख २५५९ नम्बरको ट्यांकी एकआपसमा ठोकिँदा एकजना घाइते भएको हो । घटनाको विषयमा थप विवरण आउन बाँकी रहेको छ ।

समाज