रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला,घोरासैनी र पौडेललाई अध्यक्ष र सचीवको जिम्मेवारी


१० फागुन,मक्रान्चुली- रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेला आज मंगलबार हेटौंडामा सम्पन्न भएको छ ।

रोजगारीका सिलसिलामा बिश्वका बिभीन्न मुलुकमा गएर नेपाल फर्कि स्वरोजगार रहेका युवाहरुको यस संस्थाको हेटौंडामा प्रथम भेला भएको हो । एमाले निकट रहेको यस संस्थाको भेलामा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रिटर्नीका केन्द्रीय नेता उत्तम अधिकारी, संबिधान सभाका सदस्य अनन्त पौडेल, जिल्ला समन्वय समितिका सदस्य रघुनाथ खुलाल, एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ, सचिब नविन सिग्देल, रिटर्नीका बागमती प्रदेश इन्चार्ज शालिकराम बस्याल, महासचिब लक्ष्मी प्रसाद आचार्य, उपमहासचिब काजी बहादुर थापा, एमाले नगर अध्यक्ष शालिकराम पुडासैनी, अनेमासंघ मकवानपुरका अध्यक्ष सुमित्रा काफ्ले लगायतकाको आतिथ्यता रहेको थियो ।

रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेलाले अध्यक्षमा कृष्ण प्रसाद घोरासैनी, उपाध्यक्षमा नेत्र कुमारी तिमल्सीना, रामचन्द्र लोप्चन, सचिबमा लेखनाथ पौडेल (एलएन), सहसचिबमा प्रकाश घिमिरे, कोषाध्यक्षमा सविन केसी लगायतका १९ सदस्य कमिटी चयन गरेको छ ।

भेलापछी गठित नयाँ समितिको बैठकले मकवानपुरका स्थानीय तहहरुमा यस्ता ब्यक्तिहरुको पहिचान गरि तह स्तरिय भेला गर्ने निर्णय गरेको छ ।

मुख्य समाचार समाचार समाज