मकवानपुरमा रिटर्नी फेडेरेसन नेपाल गठन

हेटौँडा/ नेपाल कम्युनिष्ट पार्टी एमाले निकटको रिटर्नी फेडेरेसन नेपाल मकवानपुरको प्रथम भेलाले कृष्णप्रसाद घोरासैनीको अध्यक्षतामा १९ सदस्यीय मकवानपुर जिल्ला कमिटि निर्माण गरेको छ । नेकपा एमालेको सबैभन्दा कान्छो जनसंगठनको रुपमा रहेको फेडेरेसनको हेटौँडामा भएको मकवानपुर जिल्ला भेलाले घोरासैनीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटि निर्माण गरेको हो ।

बिश्वका बिभीन्न मुलुकमा रोजगारीको शिलाशिलामा गएर नेपाल फर्किएर स्वरोजगार रहेका युवाहरुलाई समेटेर निर्माण गरिएको फेडेरेसनको जिल्ला उपाध्यक्षमा नेत्रकुमारी तिमल्सिना, रामचन्द्र लोप्चन, सचिवमा लेखनाथ पौडेल, सहसचिवमा प्रकाश घिमिरे, कोषाध्यक्षमा सवीन केसी चयन भएका छन् ।

सदस्यहरुमा रिमती लामा, जितबहादुर राई, चन्द्रबिक्रम बानीयाँ, शिवप्रसाद अगास्ती, उत्तम सुवेदी, श्यामप्रसाद ढुंगना, ढकालबहादुर संजेल, चन्द्रकिरण लामा, दिलप्रसाद पुडासैनी,प्रकाश शिलवाल, सिताराम भ्लोन र रमेशप्रसाद न्यौपाने चयन भएका छन् ।

राजनीति समाज