हेटौंडाका वडा-वडामा खेल मैदान निर्माण

हेटौँडा/ हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडामा साना तथा ठुला खेल मैदान निर्माण भएका छन् । जनप्रतिनिधिहरु आएपछी पाँच वर्षको अवधिमा खेलमैदानहरु निर्माण भएका हुन् । हेटौंडाका बिभीन्न वडामा फुटबल खेल्नका लागि चौर, प्याराफिट निर्माण, जिमक्लबहरु, भलिबल खेल्नका लागि चौर निर्माण, खेलमैदान भएका क्षेत्रमा थप सुधार लगायतका कामहरु भएको मेयर हरि बहादुर महतले बताउनुभयो ।

खेल मैदान निर्माण भएपछी स्थानीय खेलप्रेमी युवाहरु खुसी समेत भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३, १४, १५, १६, १७, १८ १९ मा साना ठुला खेल मैदानहरु निर्माण भएको मेयर हरि बहादुर महतले बताउनुभयो । कुनै वडामा नयाँ खेल मैदान त कुनै वडामा पहिले भएका खेल मैदानलाई सुधार गर्नका लागि बजेट विनियोजन गरेर काम गरिएको उहाँले बताउनुभयो । यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर–७ नागस्वतीमा खेल मैदानको निर्माणको काम भइरहेको छ ।

हेटौंडा उपमहानगरपालिकाको सहयोगमा निर्माण गर्न लागिएको चौरको मेयर हरि बहादुर महतले शिलान्यास गर्नुभयो । हेटौंडाका हरेक वडामा खेल मैदान निर्माण गर्ने अभियान अनुसार नागस्वतीमा पनि खेलमैदान निर्माण गर्न लागिएको मेयर महतले बताउनुभयो । नागस्वतीमा २५ लाख लागतमा खेलमैदान निर्माण गर्न लागिएको हो । आउँदो जेठ महिना सम्ममा खेल मैदान निर्माणको काम सक्ने लक्ष राखिएको छ

समाज