बागमती प्रदेशमा ६ हजार जना बालबालिका निकृष्ट बालश्रममा

हेटौँडा/ स्वतन्त्रता अभियानको सक्रिय परियोजनाको आयोजना, बिश्व शिक्षाको सहयोगमा र राष्टिय बाल संरक्षण संजालको सहकार्यमा बागमति प्रदेशको राजधानी हेटौडामा बाल श्रमको अबस्था निबारण सम्बन्धि प्रदेश स्तरिय छलफल कार्यक्रम सम्पन्न भएको छ ।

सक्रिय परियोजना संचालन गरिरहेको संस्थाहरु जिएमएसएस, सिडिएस, मांक, युईएमएस,र प्रयास नेपालको संयुक्त प्रस्तुतीको रुपमा जिएमएसएसका अनुगमन तथा मुल्याकन अधिकृत सोम बाहादुर स्यागंतानले बागमती प्रदेशको बाल श्रमको अबस्थाको बारेमा प्रस्तुतीकरण गर्दै स्पष्ट पार्नु भएको थियो । उहाले बागमती प्रदेशमा ६ हजार जना भन्दा धेरै बालबालिका निकृष्ट बालश्रममा रहेको पाइएको छ । स्वतन्त्रता अभियान नेपालको तथ्याङ्क अनुसार देशभरमा दुई लाख बालबालिका निकृष्ट बालश्रममा रहेका छन् भने बागमतीमा त्यसको ३ दशमलव १ प्रतिशत अर्थात् छ हजार दुई सय जना बालबालिका निकृष्ट बालश्रममा रहेका छन् भनी स्पष्ट पार्नु भएको थियो ।

तथ्याङ्क अनुसार देशभर ११ लाख बालबालिका बालश्रममा रहेका छन् । स्वतन्त्रता अभियान नेपाललले बागमतीको विभिन्न स्थानका सम्बन्धित निकायसँग समन्वय गरेर तथ्याङ्क संकलन गरिएको संस्थाका प्रतिनिधि सोम बहादुर स्याङतानले बताए । अध्ययनले बालश्रममा लाग्नुको मुख्य कारण गरीबी देखाएको उनले बताए । बालबालिकाहरु श्रममा लाग्नुपर्ने मुख्य कारण अभिवाभक नै रहेको उनले बताए । घरको आर्थिक अवस्था नाजुक हुदाँ बालबालिकाहरु श्रमको क्षेत्रमा गइरहेको पाइएको छ ।

तथ्याङ्क अनुसार बालश्रम गर्ने मध्ये १० वर्ष मूनिका १३ दशमलव १ प्रतिशत, १० देखि १३ वर्ष उमेर समुहका १९ प्रतिशत र १४ देखि १९ वर्ष समुहका ६७ दशमलव २ प्रतिशत रहेका छन् । बालश्रममा रहेकामध्ये बागमती प्रदेशका एक हजार पाँच सय ३५ जना बालश्रमिकहरुमा गरिएको अध्ययनले काम छोड्न चाहना राख्नेहरु कमै मात्रामा पाइएको देखाएको छ । निकृष्ट बालश्रमिकमध्ये तीन प्रतिशत बालबालिकाहरु २० घण्टासम्म काममा जोतिनु परेको अवस्था रहेको छ ।

 

तथ्याङ्क अनुसार कतिपय बालबालिकाहरुले दिनमा १६ देखि २० घण्टासम्म श्रम गरिरहेको पाइएको छ । राष्ट्रिय बाल संरक्षण सञ्जालको सहकार्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बाल श्रमको क्षेत्रमा कार्यरत संस्था र सरोकारवालाहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुले बनेका नीतिको कार्यन्वयनमा कमजोरी देखिएका कारण बालश्रमको अन्त्य हुन नसकेको बताएका छन् । कार्यक्रममा बोल्दै बागमती प्रदेश समाजिक बिकाश मन्त्रालयको उपसचिब सामाजिक बिकाश महाशाखा प्रमुख गोपाल कडेलले प्रदेश सरकारले बाल श्रम अन्त्यका लागि ऐन बनाएरै कार्य गरिरहेको छ ।

बिषेश गरि बागमती प्रदेश का स्थानिय तहहरुले बाल श्रम अन्त्यका लागि कार्य गर्न आग्रह गर्दै यसका लागि स्थानीय सरकार संग सहकार्य गरिने बताउनु भयो । प्रदेश निती तथा योजना आयोगका उपसचिब श्री हरिहर पोखरेल ले बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि सरकारी तथा गैरसरकारी संस्थाहरु मिलेर जानुपर्ने र बनाएका नीतिहरुको पालनामा ध्यान दिनुपर्ने बताए । श्रम कार्यालय मकवानपुरका प्रमुख छन्दनारायण श्रेष्ठले बालश्रमिकहरुको संख्या धेरै भएपनि बालश्रमको विरुद्धमा एउटा पनि मुद्धा नपरेको बताए । उहाले बाल श्रमीक राख्ने रोजगारदाता लाई कार्यबाहि गर्न सहयोगको लागि सरोकारबालाहरुलाई आग्रह समेत गर्नु भएको थियो ।

उधोग बाणिज्य संघ बागमती प्रदेश सदस्य एबं मकबानपुर उधोग बाणिज्य संघका पुर्ब सभापती श्री जीबन काजि मकाजु ले उधोग बाणिज्य सघले बाल श्रम अन्त्यमा धेरै पहिले देखिनै कार्य गरिरहेको स्मरण गर्दै औपचारिक क्षेत्रमा बाल श्रम नरहेको बताउनु हुदै अनौपचारिक क्षेत्रमा बाल श्रम को अन्त्य गर्न सरकार संग सहकार्य गरि बाल श्रम अन्त्यका लागि कार्य गर्ने प्रतिबद्धता समेत प्रकट गर्नु भएको थियो ।

यसै गरि कार्यक्रममा सहजिकरण गर्नु हुने राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले बालश्रम बिश्व भरि नै बाल अधिकारको संरक्षण र सम्बर्धन को अभियानको बाधकको रुपमा रहेको, बाल मैत्रि घोषणाको लागि बाधकको रुपमा रहेको, नेपाल सरकारले सन् २०२५ सम्ममा सबै प्रकारका बाल श्रम अन्त्य गर्ने प्रतिबद्धता र बाल श्रम निबारण सम्बन्धि राष्टिय गुरु योजना तयार हुनु, ले बाल श्रम अन्त्य अपरिहार्य रहेको बताउनु भयो । उहाले दिगो बिकाश लक्ष्य ८।७ र १६।२ हासिल गर्नको लागि संध, प्रदेश र स्थानिय तह बाल श्रम मुक्त घोषणा हुन पर्ने र यसका लागि सरकार र नागरिक समाज बिच सहकार्य गर्न ८।७ एलायन्स नेपाल भरिनै कृयाशिल रहेको बताउनु भयो ।

कार्यक्रममा गढि गाउ पालिकाको उपाध्यक्ष हर्क माया स्यागंतान, संजालका अध्यक्ष आरती पाठक, ईन्सेक का गणेश भण्डारि, राडो नेपालका दिपेन्द्र पाठक, समृद्ध समाजका सम्पादक पत्रकार शुरेश श्रेष्ट, नारि संरक्षण केन्द्रका राम मिजार, ट्रेड युनियन बागमति प्रदेश का घनश्याम चापागाई, हेटौडा उपमहानगर पालिकको सामाजिक बिकाश शाखा प्रमुख जगन्नाथ सापकोटा, मनहरि गाउ पलिकाको शान्ति अधिकारि, एस्थार बेन्जामीन का बुद्ध लामा र डेक नेपालका मान बाहादुर बाईबा लगायतले मन्तब्य ब्यक्त गरेको थिए । स्वतन्त्रला अभियानका मनु नेपाली र सामना बराल ले कार्यक्रममा स्वागत र कार्यक्रमको औचित्यमाथी प्रकाश पार्नु भएको थियो ।

अन्त्यमा सभाध्यक्षता गरिरहनु भएका स्वतन्त्रता अभियानका गोमा भण्डारि ज्यु ले बाल श्रम अन्त्य गर्न को लागि यहाहरुको अमुल्य सुझाबको लागि हार्दिक धन्यबाद ज्ञापन गर्दै बाल श्रम अन्त्यका लागि सहकार्यको लागि आग्रह गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो ।

स्वतन्त्रता अभियानको सदस्य एबं घरेलु श्रमिक मन्चको सचिब गोमा भण्डारिको सभाध्यक्षतामा समपन्न भएको हो । कार्यक्रममा प्यानलिष्टको रुपमा बागमती प्रदेश समाजिक बिकाश मन्त्रालयको उपसचिब सामाजिक बिकाश महाशाखा प्रमुख गोपाल कडेल, प्रदेश निती तथा योजना आयोगका उपसचिब हरिहर पोखरेल, श्रम तथा रोजगार कार्यालयका कार्यालय प्रमुख छन्द नारायण श्रेष्ट, उधोग बाणिज्य संघ बागमती प्रदेश सदस्य एबं मकबानपुर उधोग बाणिज्य संघका पुर्ब सभापती जीबन काजि मकाजु, र कार्यक्रममा मोडरेशन राष्ट्रिय बाल संरक्षण संजालको केन्द्रीय अध्यक्ष प्रकाश खतिवडाले गर्नु भएको थियो ।

समाज स्थानीय