सुनको मूल्य घट्यो

हेटौँडा/ नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । सुन तोलाको एक हजार रुपैयाँले घटेको हो ।
छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ छ भने तेजावी ९७ हजार पाँच सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी तोलामा २० रुपैयाँको दरले घटेर एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

अर्थ