प्रतिनिधिसभा बैठक दिउँसो बस्दै

हेटौँडा/ प्रतिनिधिसभाको बैठक शुक्रबार दिउँसो बस्ने भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाईएको हो ।
बैठकको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल हुने उल्लेख छ। संसद सचिवालयका महासचिव डा भरतराज गौतमद्वारा जारी कार्यसूचिमा प्रतिवेदन, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७र७८ पेश गर्ने कार्यसूची रहेको छ ।

यसअघि विहिबारका लागि डाकिएको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको आग्रहमा शुक्रबारसम्मलाई स्थगित गरिएको थियो । यसबीच दलहरु एमसीसीबारे छलफलमा जुटेका थिए ।

मुख्य समाचार राजनीति समाचार