स्थानीय चुनावका लागि दल दर्ता गर्दै एमाले

हेटौँडा/ नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने भएको छ । आगामी वैशाख ३० गते हुने भनिएको स्थानीय निर्वाचन प्रयोजनका लागि शुक्रबार निर्वाचन आयोगमा दल दर्ता गराउने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

दल दर्ताका लागि एमाले महासचिव शंकर पोखरेलको नेतृत्वमा साढे १२ बजे पार्टीको प्रतिनिधिमण्डल आयोग जाने भएको उपप्रमुख रिजालले जानकारी दिए ।

मुख्य समाचार राजनीति समाचार