मोरङको एक सामुदायिक वनमा गाडेको अवस्थामा एक किशोरीको शव फेला

हेटौँडा/ मोरङको एक सामुदायिक वनमा गाडेको अवस्थामा एक किशोरीको शव फेला परेको छ । बुधबार विद्यालयबाट घर फर्किने क्रममा हराएकी लेटाङ-८ ज्यामिरे टोलकी १२ वर्षीया करुणा राईको शव फेला परेको हो । शव खाल्डोभित्र वस्त्रविहीन अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

शव पोस्टमार्टम गर्नका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका छन् । प्रहरीले घटनाको बारेमा अनुसन्धान गरिरहेको छ ।

समाज