जसपा गण्डकी इन्चार्ज गुरुङ एमालेमा प्रवेश

हेटौँडा/ जनता समाजवादी पार्टी (जसपा)का गण्डकी इन्चार्ज गणेशमान गुरुङ नेकपा एमाले प्रवेश गरेका छन् । शुक्रबार पोखराको सभागृहमा आयोजित अगुवा पार्टी भेला तथा पार्टी प्रवेश कार्यक्रममा उनलाई एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

गणेशमान गुरुङ र गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सम्बन्ध सुदृढ छ । गुरुङविरुद्ध अविश्वास प्रस्ताव सदनमा दर्ता हुँदा जसपा केन्द्रीय समितिको निर्णय विरुद्ध गएर जसपाका गणेशमानले पृथ्वीसुब्बालाई सहयोग गर्न भन्दै जसपा सांसदलाई सुझाव पनि दिएका थिए ।

गणेशमानसँगै केन्द्रीय सदस्य एवं तमुवान राज्य समिति इन्चार्ज देवीराज गुरुङ, केन्द्रीय सदस्य तथा तमुवान राज्य समिति अध्यक्ष हुमबहादुर गुरुङ र केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश समितिका उपाध्यक्ष दीपक तामाङ पनि एमालेमा प्रवेश गरेका छन् ।

मुख्य समाचार राजनीति समाचार