शनिबार हेटौंडा जेसिजले संसदिय बैठक व्यवस्था प्रणालीमा तालिम दिने

हेटौँडा/ हेटौंडा जेसिजले संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गर्ने भएको छ।

हेटौंडा जेसिजले आगामी फागुन १४ गते शनिबार संसदिय बैठक व्यवस्था प्रणालीमा तालिमको आयोजना गरिन लागिएको हेटौंडा जेसिज वर्ष २०२२ का अध्यक्ष पवन कुमार कंसाकारले जनाएका छन।मकवानपुर,बारा,पर्सा,रौतहट सर्लाही गरी जेसिज क्षेत्र ख अन्तर्गत पर्ने १३ शाखाको तालिममा सहभागिता रहने कंसाकरले बताए।

तालिममा नेपाल जेसिज वर्ष २०११ का अध्यक्ष तथा नेपालका लागि पूर्व अस्ट्रेलियन राजदूत महेश दाहालले प्रशिक्षण दिने हेटौंडा जेसिज वर्ष २०२२ महासचिव विकेशलाल श्रेष्ठले बताए।तालिम हेटौंडा(२ मा रहेको एभोकाडो होटलमा आयोजना गरिने श्रेष्ठले जानकारी दिनका छन।

समाज