निर्वाचनमा खटिने कर्मचारीका लागि २० लाखको बीमा गर्ने तयारी

हेटौँडा/ स्थानीय तह निर्वाचनमा खटिने एक लाख कर्मचारीको बीमा गर्ने तयारी भएको छ। निर्वाचन आयोगले स्थानी तहको निर्वाचनमा खटिने जनशक्तिको प्रति व्यक्ति २० लाखको बीमा गर्नका लागि बीमा कम्पनीलाई आयोगले प्रस्ताव माग गरेको छ।

स्थानीय निर्वाचनमा खटिने एक लाख १० हजार ७१३ जनशक्तिको आयोगले बीमा गर्न लागेको छ। त्यस्तै आयोगले कोभिड-१९ महामारी रोकथाम गर्ने स्वास्थ्य सामाग्री खरिद प्रक्रियासमेत सुरु गरेको छ। मतदान कार्यमा संलग्न हुने कर्मचारीहरुलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर र प्राथमिक उपचारका स्वास्थ्य सामाग्री खरिद गर्न आयोगले ११ गते बोलपत्र आह्वान गरेको हो।

आयोगले निर्वाचन संचालनका लागि अर्थ मन्त्रालयसँग ८ अर्ब ९५ करोड २९ लाख ४ हजार बजेट माग गरेको छ।

मुख्य समाचार राजनीति समाचार